प्रमुख समाचार
Wednesday, 1 May, 2024
प्रतितोला २७०० ले घट्यो सुन
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य एकै दिन आज प्रतितोला २७०० रुपैयाँले घटेको छ। बुधबार छापावाल सुन प्रतितोला २७०० रुपैयाँले घटेर १ लाख ३४ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ८५० रुपैयाँ निर्धारण भएको छ।
यसअघि मंगलबार छापावाल सुन १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर १६३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १६५० रुपैयाँ कायम थियो।







