प्रमुख समाचार
Sunday, 14 Apr, 2024
अबदेखि नेपालको राष्ट्रिय फल सुन्तला
काठमाडौं–सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फल बनाउने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको जानकारी दिइन्। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सिफारिसको आधारमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको हो।







