प्रमुख समाचार
Tuesday, 9 Apr, 2024
राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार पुडासैनी
काठमाडौं–नेपाली कांग्रेसले बुधबार हुने राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
आज बस्ने प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीका सम्बन्धबारे संसदीय दलको बैठकमा छलफल भएको थियोे। राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ।







