Exclusive News Friday, 5 Apr, 2024
Prestige Media

हालसम्म १४४ विद्युत् आयोजना निर्माण, १४२ निर्माणाधीन

काठमाडौं। मुलुकले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मारेको छ। सरकारी, अर्धसरकारी र निजी क्षेत्रले उल्लेख्य रुपमा यस क्षेत्रमा लगानी गरेका छन् ।
विद्युत् विभागका अनुसार हाल निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाको संख्या एक सय ४२ पुगेको छ। निर्माणमा जाने तयारीमा रहेका आयोजनाको संख्या पनि उल्लेख्य छ। विभागका अनुसार निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाको संख्या एक सय ४४ छ।
सर्वेक्षण अनुमति लिन आवेदन दिएका, सर्वेक्षण अनुमति लिएका, निर्माण अनुमतिका लागि आवेदन दिएका, निर्माणमा जाने तयारीमा रहेका आयोजनाको संख्या पनि ठूलो छ। प्रसारण लाइन निर्माणका लागि पनि सर्वेक्षण र निर्माण अनुमति लिएका आयोजनाको संख्या उल्लेख्य छ।
आयोजना निर्माण र निर्माणाधीन अवस्थामा रहे पनि हालसम्म विद्युत् निरीक्षकको व्यवस्था भने गरिएको छैन। विभागले हाल वरिष्ठ डिभिजनल इञ्जिनियर चिरञ्जीवी झालाई प्रमुख विद्युत् निरीक्षकको समेत काम गर्ने जिम्मेवारी मात्रै तोकेको छ। यस्तै, इञ्जिनियर कर्सन महर्जनलाई विद्युत् निरीक्षकका रुपमा खटाएको छ।
विभागले २४९ आयोजनालाई विद्युत् उत्पादन अनुमति दिएको छ। ती आयोजनाको क्षमता ९ हजार ६०१ मेगावाट बराबर छ। विभागले ८३ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ, जसको क्षमता दुई हजार आठ सय आठ मेगावाट बराबर छ।
कूल २६ वटा प्रसारण लाइन निर्माणका लागि अनुमति माग गर्दै आवेदन दिएको विभागले बताएको छ। विभिन्न क्षमताका दुई सय २८ वटा प्रसारण लाइन निर्माणका लागि अनुमति लिएका छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL