Exclusive News
Friday, 29 Mar, 2024
सुन मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ३० हजारमा कारोबार
काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान् कायम गरेको छ। आज प्रतितोला २ हजार १ सयले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्य आज झनै बढेको हो।
बिहीबार प्रतितोला एक लाख २७ हजार ९ सयमा कारोबार भएको छापावाल सुन आजका लागि १ लाख ३० हजार निर्धारण गरिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ।
यस्तै चाँदीको मूल्यसमेत वृद्धि भएको छ। बिहीबार प्रतितोला एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार पाँच सय २५ पुगेको छ।







