नेपालकी संगीता पुरी युनिभर्सल वुमन २०२४ को निर्णायक छानिइन्
काठमाडौं– ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक संगीता पुरीले युनिभर्सल वुमन २०२४ प्रतियोगितामा निर्णायकको रूपमा नेपालको प्रतिनिधित्व गरेकी छिन्। युनिभर्सल वुमन प्रतिष्ठित ग्लोबल प्रतियोगिता हो, जसले विविधता र सशक्तीकरणका साथ विश्वभरका महिलाको प्रतिभा र उपलब्धि प्रदर्शन गर्छ।
कम्बोडियाको नोमपेन्हमा २ दिनसम्म सञ्चालन भएको युनिभर्सल वुमन २०२४ मा ५० देशका प्रतिस्पर्धी उपाधिका लागि दावेदार थिए। निर्णायकका लागि भएको संगीता पुरीको सेलेक्सनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने नेपालको प्रतिबद्धतालाई मात्र नभई निर्णायकको रूपमा उनले उत्कृष्टे पहिचान गर्न र प्रतियोगीबीच एकताको भावनालाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेलेकी छन्।
‘युनिभर्सल वुमन २०२४ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा गौरवान्वित महसुस गरेकी छु। प्रतिष्ठित कार्यक्रममा योगदान गर्न पाउनु र विश्वभरका महिलाले देखाएको अतुलनीय प्रतिभाको साक्षी बन्न पाउनु सौभाग्यको हो,’ पुरीले भनिन्।उनी युनिभर्सल वुमनका जजमध्ये सबैभन्दा कम उमेरकी पनि हुन्। ग्लोबल ग्ल्यामर भेन्चर मिस नेपाल युनिभर्स २०२४ को आयोजक हो।







