Exclusive News Monday, 11 Mar, 2024
Prestige Media

बंगलादेशले जित्यो साफ यु–१६ महिला उपाधि

काठमाडौं–बंगलादेशले साफ यु–१६ महिला च्याम्पियनसिप फुटबल उपाधि जितेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा ३–२ गोलले हराएको हो। निर्धारित समयमा १–१ गोलको बरीबरी सकिएपछि खेलको नतिजा टाईब्रेकरबाट लिइएको थियो। टाइब्रेकर बंगलादेशका लागि मारियम बिन्ता हन्ना, थुनी मर्मा र साथी मुन्डाले गोल गरिन्। सौभरभी अखण्ड प्रीति र अल्पी अख्तर चुक्नुभएको थियो । प्रितिको प्रहार भारतीय गोलकिपर मुन्नीले बिफल पारिन् भने अख्तरको प्रहार पोलमा लागेर फर्किएको थियो।
यस्तै, भारतका लागि स्वेता रानी र अन्विता रघुरमानले गोल गरे। एलिनादेवी सारंगथेम, बोनिफिलिया शुल्लई र दिव्यारानी लिन्डाको प्रहार बंगलादेशकी गोलकिपरले बचाइन्। यसअघि भारतले चौथो मिनेटमै अनुष्का कुमारीको गोलबाट सुरुवाती अग्रता लिएको थियो। ७१औं मिनेटमा बंगलादेशकी मरियम बिन्ता हन्नाले बराबरी गोल गरेकी थिइन्। चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल र भुटान समूह चरणबाट बाहिरिएका थिए। विजेतालाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले पुरस्कार वितरण गरेका थिए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कांग्रेसको प्रश्न- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कि गोरखापत्रमै पढ्ने प्रधानमन्त्रीज्यू?

बादल लक्षित गरी सुरेन्द्र पाण्डेले भने– षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथ ग्रहणमा सांस्कृतिक विविधता: मिथिला आर्टदेखि सिलाम साक्मा

अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

लोकतन्त्रमा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं बिहान ८:३०देखि कर्फु

घिउकुमारीका यती धेरै फाइदा आज सम्म कसैलाई थाहा छैन

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL