Exclusive News
Sunday, 25 Feb, 2024
इलाम २ मा १५ वैशाखमा उपनिर्वाचन
काठमाडौं–प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले २०८१ वैशाख १५ को शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो।
यो क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो।
यस्तै, बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ। यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो।
सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ।







