खेलकुद Wednesday, 14 Feb, 2024
Prestige Media

एसिसी महिला क्रिकेटः कुवेतलाई ८ विकेटले पराजित गरेर सेमिफाइनलमा नेपाल

काठमाडौं– नेपाल कुवेतलाई हराउँदै एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइन प्रवेश गरेको छ।
आज मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।
टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो। ब्याटिङ गर्ने क्रममा वर्षाले खेल प्रभावित बनेको थियो।
नेपालले १२ ओभरमा ५० रन बनाउनुपर्ने लक्ष्य पाएकामा ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।
नेपालको जितमा कप्तान इन्दु बर्माले सर्वाधिक २२ रन बनाइन्। उनले २१ बलमा एक चौकाको सहायताले अविजित २२ रन बनाएकी हुन्।
त्यस्तै, सीता रानामगरले १७ रन जोडिन् भने कविता जोशीले अविजित ४ रन बनाइन्। बलिङतर्फ कुवेतकी मारयाम ओमरले एक विकेट लिइन्।
यसअघि कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको थियो। कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रनको योगदान दिइन्। उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा २९ रन बनाएकी हुन्।
खादिजा खालिल र सान्थी बलासुब्रमानीले समान १३÷१३ रन जोडे।
कुवेतलाई ७३ रनमा समेट्ने क्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् भने रुबिना क्षेत्री र कविता कुँवरले समान दुई÷दुई विकेट लिए।
नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वाटर्रफाइनलमा प्रवेश गरेका हुन्। नेपालले समूह चरणको खेलमा हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो।
प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन्। जितसँगै सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियाको सामना गर्नेछ।
ध्चष्तभ तय एःऋ ल्भ्ध्क् न्च्इग्ए

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL