अर्थ बाणिज्य / समाज
Wednesday, 14 Feb, 2024
प्रतितोलामा १२ सयले घट्यो सुन
काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोलामा १२ सय रुपैयाँले घटेको छ। मंगलबार प्रतितोलामा ३ रुपैयाँ घटेको सुन मूल्य आज एकै दिन १२ सयले घटेको हो।
सोमबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ३ सय घटेर १ लाख १७ हजार ७ सय रुपैयाँमा बेचबिखन भइरहेको महासंघले जनाएको छ।
आज छापावाल सुन प्रतितोलामा १२ सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।
आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको हो।
मंगलबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थिया







