मूल्यवृद्धि ५.२६ प्रतिशत
काठमाडौं– नेपाल राष्ट्र बैंकले पुसमा मूल्यवृद्धि ५.२६ प्रतिशत पुगेको विवरण सार्वजनिक गरेको छ,।
मंगलबार केन्द्रीय बैंकले सार्वजनिक गरेको चालू आवको ६ महिने आर्थिक तथ्यांकअनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको देखाएको हो।
केन्द्रीय बैंकका मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९५ प्रतिशत थियो। एक महिनामा मूल्य मूल्यवृद्धि ०.३१ प्रतिशतले बढेको हो।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत रहेको छ।
समीक्षा महिनामा खाद्य तथा खाद्यजन्य पदार्थको ११.३८ प्रतिशत, तरकारीको १.०४ प्रतिशत छ। त्यस्तै, दुग्ध पदार्थ तथा अन्डाको १०.२९ प्रतिशत रहेको छ।
तथ्यांकअनुसार पुससम्म काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ५.७६ प्रतिशत छ। तराईमा ४.७८ प्रतिशत, पहाडमा ५.४० प्रतिशत र हिमालमा ६.५७ प्रतिशतले मूल्यवृद्धि भएको छ।







