Exclusive News
Sunday, 28 Jan, 2024
धरहरामा निःशुल्क पार्किङ
काठमाडौं–सुन्धरास्थित धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा सुरु गरिएको छ।
काठमाडौं महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि विकल्पका रूपमा धरहरामा निःशुल्क पार्किङ व्यवस्था गरेको हो।
महानगरले यसअघि काठमाडौं टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउँदै आएको थियो। अब धरहरामा पनि पार्किङ व्यवस्था गरिएपछि थप सहज हुने महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए।
५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ।
सहिद गेटबाट नयाँ सडक जाँदा गत दसैंदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो।







