अर्थ बाणिज्य / समाज Wednesday, 24 Jan, 2024
Prestige Media

राष्ट्रिय वाणिज्य बैंकले मनायो वार्षिकोत्सव

काठमाडौं– सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक स्थापनाको ५९औं वर्ष प्रवेश गरेको छ। सरकारको पूर्ण स्वामित्वमा २०२२ माघ १० मा स्थापना भएको बैंकले हाल आधुनिक बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको बताएको छ।
२०८० असार मसान्तसम्ममा बैंकको अधिकृत सेयर पुँजी ३० अर्ब, जारी र चुक्ता सेयर पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ। बैंकको विद्यमान पुँजी संरचनाअनुसार सरकारको ९९.९७ प्रतिशत र सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत सेयर रहेको छ। बैंकको पुँजी कोष ५० अर्ब ७४ करोड रहेको छ।
गत असार मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा अनुपात तीन दशमलव ७७ प्रतिशत छ। गत पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारण र संस्थागत गरी ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताको ३ खर्ब ३८ अर्ब ४४ करोड निक्षेप रहेको छ। कर्जातर्फ एक लाख ९४ हजार बढी ग्राहकलाई दुई खर्ब ५६ अर्ब ७० करोड बराबर ऋण विस्तार भएको बैंकले जनाएको छ।
गत आर्थिक वर्ष २०७९÷८० मा बैंकले तीन अर्ब ५९ करोड खुद मुनाफा कमाएको थियो। गत वर्ष बढी खुद मुनाफा आर्जन गर्ने बैंकको सूचीमा राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानमा छ। गत वर्षमा आर्जित मुनाफाबाट बैंकले पाँच दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
संघीय सरकारका कुल ८१ कोष तथा लेखा नियन्त्रक कार्यालयमध्ये ५० वटा, प्रदेश सरकारका ७७ मध्ये ५१ र एक सय २८ स्थानीय तहको सम्पूर्ण खर्च भुक्तानी तथा सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट भइरहेको छ।
बैंकले गत आर्थिक वर्ष सरकारलाई दुई अर्ब १८ करोड आयकर तिरेको थियो। बैंकको शाखा सञ्जाल ७७ वटै जिल्ला सदरमुकामसहित दुई सय ८६ शाखा कार्यालय, ६४ एक्सटेन्सन काउन्टर तथा ९५ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL