Exclusive News Tuesday, 23 Jan, 2024
Prestige Media

भीरकोटको एउटै वडाले बेच्यो ११ करोडको सुन्तला

स्याङ्जा– स्याङ्जाको भीरकोट नगरपालिका–७ मा यस वर्ष ११ करोड बढीको सुन्तला बिक्री भएको छ। बलमाटा, तिलाहार, जिमिरे, लोलुंगा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायत गाउँ सुन्तला उत्पादनका लागि परिचित छ।
भीरकोट–७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यस वर्ष सुन्तला बिक्रीबाट ११ करोड बढी भित्रिएको बताए।
करिब एक सय घरपरिवारले व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आइरहेको उनले जानकारी दिए।
‘यस वडाका अधिकांश किसान व्यावसायिक रूपमा सुन्तला खेतीमा आबद्ध हुनुहुन्छ’, अध्यक्ष अर्यालले भने, ‘यहाँ यस वर्ष सबैभन्दा थोरैमा ५० हजारदेखि लिएर धेरैमा ३० लाखसम्म आम्दानी गर्नुभएको छ।’
तिहारका बेलादेखि सुन्तला बजार पठाउन सुरु गरेर माघ दोस्रो सातासम्म सबै बिक्री गरिसक्ने अध्यक्ष अर्यालले जानकारी दिए।।
सुरुमा प्रतिकेजी ४० मा बिक्री गरेको सुन्तला अन्तिममा आइपुग्दा प्रतिकेजी ७० का दरले बिक्री भएको जनाइएको छ। ‘यहाँ उत्पादन भएका सुन्तला किसान आफैंले बिक्री गर्ने, बगैंचै ठेक्का दिने वा तौलेर अन्यत्र पठाउने गरिन्छ’, उनले भने, ‘विशेषगरी यहाँका सुन्तला काठमाडौं, पोखरा, नारायणगढ, बुटवलजस्ता सहरमा जाने गरेको छ।’
स्थानीय व्यापारी तथा काठमाडौंबाट आएका व्यापारीले बगैंचा नै ठेक्का लिएर बिक्री गर्ने गरेका छन्। कतिपय किसानले चिनजान र फोन सम्पर्कका आधारमा गाडीबाट व्यापारीकहाँ पठाइदिने गरेका छन्।
‘गत वर्ष यस वडामा सुन्तला बिक्रीबाट करिब १५ करोड भित्रिएको थियो’, उनले भने, ‘गत वर्षजस्तो यस वर्ष उत्पादन भएन। यसकारण आम्दानी पनि घट्न पुग्यो। आगामी वर्ष नयाँ बोट तयार हुने भएकाले उत्पादन बढ्छ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन र भिरकोट नगरपालिकाको ७५ प्रतिशत अनुदानमा बिरुवा, सिँचाइ ट्यांकी, पाइप वितरण गरिएको अध्यक्ष अर्यालले बताए।
नयाँ बिरुवा हुर्कँदै गरेकाले आगामी वर्ष थप ५–६ करोड बढी सुन्तला बिक्रीबाट आम्दानी भित्रिने दाबी उनको छ।
कोदो खेती गर्दै आएका बारीमा अहिले सुन्तलाका बोट देख्न सकिन्छ। सुन्तला खेतीबाट आम्दानी लिन सकिने भएपछि यहाँका स्थानीय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन्।
गत वर्ष स्याङ्जामा सुन्तला बिक्रीबाट १ अर्ब २५ करोड भित्रिएको थियो भने यस वर्ष उत्पादन कम भएसँगै आम्दानी पनि केही घट्ने अनुमान कृषि ज्ञान केन्द्र स्याङ्जाले गरेको छ।

फोटो

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन

‘अनलाइन गेम’ खेलाएको आरोपमा ४२ जना पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL