अर्थ बाणिज्य / समाज Friday, 5 Jan, 2024
Prestige Media

पिपिए गर्न नआएका १५ आयोजना प्रवद्र्धकलाई रोलक्रमबाट हटाइयो

काठमाडौं– विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवद्र्धकलाई रोलक्रमबाट हटाएको छ।
तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएको, प्राप्त निवेदनमा रीतपूर्वक आवश्यक कागजात र दस्तावेज संलग्न नभएकाले पिपिएको प्रक्रिया अगाडि बढाउन नसकिने प्राधिकरणले जनाएको छ।
आवश्यक कागजात नबुझाएका ती आयोजना अधिकांश नदी प्रवाही प्रकृतिका छन्। विद्युत् व्यापार विभागका अनुसार ती आयोजनाको कुल क्षमता दुई सय १५ मेगावाट छ।
प्राधिकरणले माथिल्लो त्रिशूली दोस्रो, एक सय दुई मेगावाट, चमेलिया छटिगाड ८५ मेगावाटलगायत आयोजना छन्।
ती आयोजनाको प्रवद्र्धकलाई रोलक्रमबाट हटाएपछि प्राधिकरणले ६ वटा आयोजनाका प्रवर्द्धकलाई पिपिए प्रक्रियामा आउन आग्रह गरिएको छ। ती आयोजनाको क्षमता दुई सय २८ मेगावाट बराबर छ।
प्राधिकरणले आगामी १५ दिनभित्र प्राधिकरणका सम्पर्क राख्न सूचित गरेको छ। प्राधिकरणको २६ माघ २०७९ को बैठकले नदी प्रवाही आयोजनाको अधिकतम सीमा ६ हजार सात सय ५० मेगावाट नपुगेसम्म ग्रीड ‘कनेक्सन एग्रिमेन्ट’को रोलक्रमका आधारमा पिपिए गर्ने क्रममा रहेका आयोजनालाई प्राथमिकता दिने निर्णय गरेको थियो।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL