अर्थ बाणिज्य / समाज
Tuesday, 2 Jan, 2024
सिटिजन लाइफ इन्स्योरेन्सको ५.२६ प्रतिशत लाभांश पारित
काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको पुस १६ मा बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बोनस सेयर तथा लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले उक्त लाभांशमध्ये ५ प्रतिशतले हुन आउने १८ करोड ७५ लाख बराबरको बोनस सेयर दिनेछ। यस्तै, बोनसमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.२६ प्रतिशतले हुन आउने ९८ लाख ६८ करोड बराबरको नगद लाभांश दिनेछ।







