अर्थ बाणिज्य / समाज Sunday, 31 Dec, 2023
Prestige Media

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा सातै प्रदेशमा प्रभातफेरी

काठमाडौं– ग्लोबल आइएमई बैंकले स्थापनाको १७औं वार्षिकोत्सव अवसरमा शनिबार देशव्यापी प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।
जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना बढाउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सात वटै प्रदेशका मुख्य–मुख्य सहरमा प्रभातफेरी कार्यक्रम गरेको हो।
ग्लोबल आइएमई बैंक आजदेखि स्थापनाको १६ वर्ष पूरा भई १७औं वर्ष प्रवेश गरेको छ।
शनिबार काठमाडौमा आयोजित प्रभातफेरीमा बैंक अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरु, बैंक उच्च व्यवस्थापनसहित १५ सय बढी कर्मचारी उपस्थित थिए।
वित्तीय साक्षरता, बैंकिङ शिक्षामूलक प्लेकार्ड लेखिएका ब्यानरसहित प्रभातफेरीमा सहभागी कर्मचारीले कान्तिपथस्थित शाखा हुँदै सहरका मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने उपत्यका बाहिरका मुख्य–मुख्य सहरमा पनि प्रभातफेरी कार्यक्रम आयोजना गरिए।
ग्लोबल आइएमई मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसूचकअनुसार मुलुककै सबैभन्दा ठूलो बैंक वाणिज्य बैंक हो।
बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन र राजस्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० बढी सेवा केन्द्रबाट बैंकिङ सेवा दिँदै आएको छ।
बैंकमा करिब ४ हजार कर्मचारी कार्यरत छन्। करिब ४५ लाख बढी ग्राहकलाई प्रत्यक्ष सेवा दिइँदै आएको बैंकले जनाएको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL