अर्थ बाणिज्य / समाज
Friday, 22 Dec, 2023
मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा
काठमाडौं- मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९÷८० को नाफाबाट वितरण गरिने लाभांश घोषणा गरेको छ ।
बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।







