अर्थ बाणिज्य / समाज Friday, 6 Oct, 2023
Prestige Media

अग्रिम बुकिङ नखुल्दै टिकट काउन्टरमा सर्वसाधारणको भीड

काठमाडौं– यातायात व्यवसायीले भाडा बढाउनुपर्ने माग राखेर अग्रिम टिकट बुकिङ नखुलाए पनि दसैं नजिकिएसँगै घर जान नयाँ बसपार्कको टिकट काउन्टरमा टिकट लिन सर्वसाधारणको भीड लाग्न थालेको छ ।

दसैं आउन करिब १० दिन मात्र बाँकी रहँदा पनि बस व्यवसायीले टिकट बुकिङ खोल्नतर्फ चासो दिएका छैनन् । बसको टिकट नखुल्दै सर्वसाधारण टिकट लिन बसपार्कको टिकट काउण्टर पुगेका हुन् ।

यो वर्ष अहिलेसम्म दसैँका लागि यातायातको अग्रिम टिकट बुकिङ खुलेको छैन । दसैँ–तिहारका बेला सबैभन्दा बढी यात्रु बोक्ने लामो दूरीका बसको भने अहिलेसम्म टिकट खुलेको छैन । स्वचालित भाडादर लागू हुनुपर्ने माग राख्दै आएका व्यवसायीले वर्षाका कारण बिग्रिएका सडक मर्मत नभएसम्म टिकट नखुलाउने बताएका छन् ।

दसैं–तिहार मनाउन बर्सेनि १८ देखि २० लाख मानिस उपत्यकाबाट बाहिरिने गरेका छन् ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL