प्रमुख समाचार
Friday, 21 Jul, 2023
नर्सलाई बेलायत रोजगारीमा खुल्यो आवेदन
काठमाडौँ । बेलायतमा रोजगारीका लागि १०० जना नर्सको माग भएको छ । दुवै देशबीच भएको श्रम सम्झौताअनुसार पहिलो चरणमा १०० जना नर्सका लागि आवेदन आह्वान गरिएको हो ।
पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा एक सय जना स्टाफ नर्स लैजाने गरी आवेदन खुलाइएको मन्त्रालयले जनाएको छ। बेलायतमा यहाँका नर्स लैजाने गरी यसअघि नै दुई पक्षीय सम्झौता भइसकेको छ। सरकार सरकार (जिटुजी) संयन्त्रमार्फत नर्सहरू लैजान लागिएको हो।
आवेदनका लागि भने योग्यता तोकिएको छ। पिसिएल नर्सिङ पूरा गरेका तथा नर्सिङमा स्नातक एवम् स्नातकोत्तर तहसम्म अध्ययन गरेको हुनुपर्ने छ। यसका साथै न्यूनतम दुई वर्षको कार्य अनुभव हुनुपर्ने छ। आइइएलटिएसमा पनि ७ स्कोर ल्याएको हुनुपर्ने छ।









