खेलकुद
Thursday, 22 Jun, 2023
वेष्ट इण्डिजविरुद्ध नेपालले टस जित्यो, पहिला फिल्डङ गर्ने
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले बलियो विपक्षी वेष्ट इण्डिजसँग खेल्दैछ ।
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका छन् ।वेष्ट इन्डिजले केहिबेरमा ब्याटिङ गर्दैछ । प्रतियोगिताको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा ३ असारमा घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको थियो ।
५ असारमा देखिएको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।







