नेपाललाई अमेरिकाले दियो २०८ रनको लक्ष्य
आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुनुअघि दुई सय सात रन बनायो ।
अमेरिकाका लागि सातौं नम्बरका क्रिज समाल्न आएका सायान जहांगिरले सतकीय पाली खेले । उनले अविजित एक सय रनको योगदान गरेका थिए । विकेटकिपर ब्याट्सम्यान जहांगिरले आक्रामक पाली खेल्दै ७९ बलको सामना गरी तीन छक्का र १० चौका पनि प्रहार गरे ।
ओपनर ब्याट्सम्यान सुशान्त मोदानीले पनि ४२ रनको योगदान गरे । उनले ७१ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे । गजानन्द सिंहले २६ रन जोडे । उनले ४१ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए ।
जेसी सिंहले पनि २५ बलमा १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन् । नेपालका बलर करण केसीले चार, गुल्सन झाले तीन, दीपेन्द्र सिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।
आज अमेरिकासँग खेलेपछि नेपालले २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।







