खेलकुद
Sunday, 18 Jun, 2023
आईसीसी एकदिवसीय विश्वकप छनोट: जिम्बावेविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल
आजबाट जिम्बावेमा सुरू आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले घरेलु टिमविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
जिम्बाबेले टस जितेर नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको छ । नेपाली समयअनुसार, १२ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ । नेपालले पहिले ब्याटिङ गर्नेछ ।
विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिकामा दुई र जिम्बाबेमा दुईवटा अभ्यास खेल खेलेको थियो । नेपालले आफ्नो अन्तिम अभ्यास खेलमा ओमानलाई हराएको थियो ।







