विश्व Wednesday, 7 Jun, 2023
Prestige Media

अमेरिकाको रिचमण्डमा अन्धाधुन्ध गोली चल्यो, दर्जनौं घाइते

अमेरिकाको भर्जिनियास्थित रिचमण्ड शहरमा सात जनामाथि गोली प्रहार भएको छ।द न्यूयोर्क टाइम्सका अनुसार मंगलबार साँझ सवा ५ बजे अल्‍ट्रिया थियटरमा हाइस्कूल विद्यार्थीहरूको दीक्षान्त समारोह चल्दै गर्दा थियटर बाहिर रहेको मोनरो पार्कमा अन्धाधुन्ध गोली चलेको हो।

गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रिचमन्डका प्रहरी प्रमुख रिक एडवार्ड्सले अन्धाधुन्ध चलेको गोली लागेर सात जना घाइते भएका र तीमध्ये तीनको अवस्था गम्भीर रहेको बताएका छन्।उनका अनुसार गोली चलेको समयमा प्रहरीहरू दीक्षान्त समारोहस्थलमा थिए। गोली चलेको आवाज सुनिनासाथ घटनास्थल पुगेर दुई जनालाई नियन्त्रमा लिइएको उनले बताएका छन्।

अन्धाधुन्ध गोली चलेपछि भागदौड हुँदा दर्जनौं घाइते भएका छन्। भाग्ने क्रममा एक व्यक्तिलाई कारले  ठक्कर दिएको थियो।घाइतेहरूको प्राथमिक उपचारका लागि तत्कालै स्वास्थ्यकर्मीको टोली घटनास्थल पुगेका थिए। उनीहरूले घाइतेलाई सिपिआर दिइरहेका दृश्य र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले गोलिकाण्ड दीक्षान्त समारोह लक्षित हो कि होइन भन्ने कोणबाट पनि अनुसन्धान गरिरहेको  बताएको छ।रिचमण्ड पब्लिक स्कुलका प्रवक्ता म्याथ्यु स्टानलीका अनुसार ह्युगुएनोट हाइस्कुलका विद्यार्थीहरूको दीक्षान्त समारोहलगत्तै गोली चलेको थियो। स्कुलकै सदस्य जोनाथन योंगका अनुसार  समारोहमा तीन सय जना दिक्षित भएका थिए।  त्यतिबेला आफूले २० राउन्ड  गोलीको आवाज सुनेको न्यूयोर्क टाइम्सलाई बताएका छन्।गोली चलेपछि अन्य कार्यक्रम स्थगित गरिएको थियो।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL