खेलकुद
Sunday, 23 Apr, 2023
कीर्तिपुरमा यूएईले सिंगापुरलाई दियो ४७२ रनको लक्ष्य
काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘बी’ को खेलमा युएईले सिंगापुरविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ।आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले अन्तिम बलमा अलआउट हुनुअघि ४७१ रन जोड्यो।
यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले । २२ रनमा पहिलो विकेट गुमाएको यूएईका उनीहरुले दोश्रो विकेटका लागि २४६ रनको साझेदारी गरेको थिए ।
१७४ रन बनाएका अरबिन्दले १७ चौका र ७ छक्का हाने । वासिमले विस्फोटक ब्याटिङ गर्दै ८२ बलमा १६० रन बनाए । उनले ९ चौका र १६ छक्का हाने । आयान अफजल खानले ५० बलमा ७४ रन बनाए ।
समूहमा युएईले अघिल्ला दुई मध्ये एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ। सिंगापुर भने अघिल्ला दुवै खेलमा पराजित भएको थियो।







