प्रविधि
Tuesday, 11 Apr, 2023
सशस्त्र प्रहरीको फेसबुक पेज ह्याक
काठमाडौं । सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ। मंगलबार बिहान १०:५९ बजे अनाधिकृत व्यक्तिले पहुँच पुर्याएर भियतनामी भाषामा एउटा पोष्ट गरेका छन् ।
‘एउटा पोष्ट भएपछि साइबर सेक्सनले अनुसन्धान गरिरहेको छ’, सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले भने ‘एक्कासी बिहानदेखि समस्या आयो। प्राविधिक टोलीले पूरानै अवस्थामा फर्काउने प्रयास भइरहेको छ।’
केही समय अघि नेपाली सेनाको साइबर स्पेशमा हमला गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो।







