खेलकुद Tuesday, 21 Mar, 2023
Prestige Media

नयाँ अनुहार समेट्दै प्रधानमन्त्री कपका लागि नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

 काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा भएको छ।

पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो टिम घोषणा गरेका छन्। टिममा सात खेलाडीले पहिलो पटक स्थान बनाएका छन्। 

नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप त्रिदेशीय शृंखलामा नेपालले पहिलो खेल भोलि बुधबार लाओससँग र १४ चैतमा भुटानसँग खेल्नेछ । तीन टोलीले एकअर्कासँग खेलेपछि अंकका आधारमा दुई टिमले फाइनल खेल्नेछन् । फिफा विण्डो पारेर दुई टोलीलाई आमन्त्रण गरी एन्फाले प्रतियोगिता आयोजना गरेको हो ।

समूह चरणका सबै खेल साँझ ६ बजे सुरु हुनेछन्। फाइनल चैत १७ मा साँझ ५:३० बजे हुनेछ। 

अन्तिम टोली

गोलकिपरः किरण कुमार लिम्बु (पञ्जाब एफसी), दीप कार्की (मनाङ मर्स्याङ्दी), अभिषेक बराल (सातदोबाटो)

डिफेन्डरः सनिश श्रेष्ठ (एपिएफ), विकास खवास (आर्मी), अनन्त तामाङ (चर्च ब्वाइज), पदम भट्टराई (खुमलटार), आदित्य चौधरी (जावलाखेल), निशान्त खड्का (संकटा)

मिडफिल्डरः पुजन उपरकोटी (मछिन्द्र), एरिक विष्ट (चर्च ब्वाइज), नवीन लामा (एपिएफ), रोहित चन्द (पर्सिक केदिरी), कमल थापा (मनाङ), मणिकुमार लामा (एपिए), भरत खवास (आर्मी)

फरवार्डः आयुष घलान (संकटा), नवयुग श्रेष्ठ (आर्मी), दीपकसिंह ठकुरी (सातदोबाटो), अन्जन विष्ट (चर्च ब्वाइज), आशिष चौधरी (चर्च ब्वाइज), सुमित श्रेष्ठ (मनाङ) मनिष डाँगी (संकटा)

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL