Breaking News Thursday, 29 Dec, 2016
Prestige Media

साहित्य र पर्यटनलाई जोड्दै कवि शिरोमणि सङ्ग्रहालय

पोखरा, १४ पुस । कवि शिरोमणि लेखनाथ पौड्यालका योगदानलाई जीवन्त राख्ने उद्देश्यका साथ क्रियाशील संस्था कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिको सक्रियतामा पुनः निर्माण गरिएको पौड्यालको जन्मघर र आसपासमा निर्माण गरिएका संरचनाका कारण अर्घौं अर्चले साहित्यिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।

पृथ्वी राजमार्गको लेखनाथ चोकदेखिको लगभग सात किलोमिटर दूरीमा पर्ने पौड्यालको जन्मघरमा यतिखेर विभिन्न शैक्षिक संस्थाका विद्यार्थीका साथै साहित्यिक अनुरागीलाई आकर्षण गर्ने गरेको छ ।

कवि शिरोमणि जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेका अनुसार समितिको सक्रियतामा २०६५ सालमा बाटोको ट्र्याक खुलाइएसँगै क्रमिक रुपमा बाटो निर्माण प्रक्रिया अघि बढाइएकामा लगभग सवा छ किलोमिटर बाटो कालोपत्रे गरिसकिएको छ भने जन्मस्थलसम्म करिब एक किमी बाटो कालोपत्रे गर्न बाँकी छ ।

कवि शिरोमणिको जन्मघरसमेतलाई समेटेर कवि शिरोमणि सङ्ग्रहालय निर्माण कार्य अघि बढिरहेको जानकारी दिँदै अध्यक्ष लामिछानेले भन्नुभयो – “सात तालको बगैँचा सहर अवलोकन गर्न आउने स्वदेशी एवम् विदेशी पर्यटकलाई एकपटक पुग्नै पर्ने स्थलका रुपमा कवि शिरोमणि सङ्ग्रहालयलाई विकास गरी साहित्यिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य राखेका छौँ ।”

कवि शिरोमणिका साहित्यिक जीवनलगायतका हरेक पक्ष समेटिने किसिमले गुरुयोजना तयार गरी त्यसैअनुरुप तरुण तपसी पार्क निर्माण गरिसकिएको र लेखनाथको कविता यात्रामा प्रेरक बनेको दोपहरे पाखेसमेतलाई पार्कका रुपमा समेट्ने प्रयास गरिएको छ ।

गुरुयोजनाअनुसार वाचनालय, कविले कविता रचना गरेको चौतारा, पोखरीलगायतका संरचनाको निर्माण गरिएको अध्यक्ष लामिछानेको भनाइ छ ।

निर्माणाधीन सङ्ग्रहालय भवनलाई नेपाली कलाले सिङ्गार्ने प्रयासअनुरुप सङ्ग्रहालयमा राखिने झ्याल ढोकामा नेपाली कला सिङ्गार्नका लागि भक्तपुरदेखि कालिगढ बोलाएर निर्माण गर्न लगाइएको छ ।

कवि शिरोमणिको जन्मस्थल अवलोकन गर्न आउने साहित्यिक पर्यटकलाई लक्षित गरी उनीहरू बस्ने सुविधा सम्पन्न होटल निर्माण गर्ने समितिको तयारी छ ।

लेखनाथको साहित्यिक योगदानलाई जीवन्त राख्ने सोचका साथ अर्र्घौ चोकदेखि बाटोका विभिन्न ठाउँ ठाउँमा मार्बलमा कुँदिएका पौड्यालका कविताले पनि जो कोही पर्यटकलाई छुट्टै किसिमको अनुभूति दिने गरेको समितिका कोषाध्यक्ष रामप्रसाद तिमल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार लेखनाथ चोकदेखि कवि शिरोमणिको जन्मस्थलसम्मका स्यानी चौर, ठूली पोखरी, तरुणतपसी पार्क, बतासे, बुढाचौर, गैरापोखरीलगायतका मुख्य चोकमा समितिले उहाँका मर्मस्पर्शी कविता पढ्न सकिने व्यवस्था मिलाएसँगै सिङ्गो अर्र्घौ अर्चले कविता ग्राम जस्तै बनेको छ ।

कवि शिरोमणिको जन्मघरलाई सङ्ग्रहालयका रुपमा विकास गर्न थालिएसँगै धेरै साहित्यानुरागी तथा पर्यटक अर्घौ अर्चले आउन थालेको लेखनाथ पौड्यालका नाति (पौड्यालका साहिँला भाइका नाति) मनोज पौडेलले बताउनुभयो ।

नेपालका बाइसे चौबीसे राजाका पालामा तत्कालीन राजगुरुका रुपमा रहेका धु्रव गुरुका नाति लेखनाथ पौड्याल रहेको जानकारी दिँदै उहाँले पौड्यालको साहित्यिक योगदानका कारण समग्र अर्घौ अर्चले साहित्यानुरागीका लागि विशिष्ट तीर्थस्थल जस्तै बन्दै गएको बताउनुभयो ।

राष्ट्र, राष्ट्रियता, अध्यात्म, नेपाली संस्कृतिलगायतका विषयमा लेखिएका पौड्यालका कविता सङ्ग्र्रहालयको प्रवेशद्वार हुँदै जन्मघरसम्म विभिन्न ढुङ्गामा कँुदिएका कारण आउने जो कोही पर्यटकले त्यसलाई अभिरुचिपूर्वक हेर्ने गरेका छन् भने जन्मघरभित्र राखिएका उहाँका ऐतिहासिक तस्बिरले पनि पर्यटकलाई लोभ्याउने गरेका छन् ।

तस्बिरका साथै घरभित्र रहेको २०११ पुस २० गते लेखनाथ अभिनन्दन समितिका अध्यक्ष सिद्धिचरण श्रेष्ठद्वारा हस्ताक्षरित अर्चनापत्र हेर्न जो कोही लोभिने गरेका छन् ।

अर्चना पत्रको सुरुको अनुच्छेदमा नेपाली साहित्यमा लालित्य भरेर नयाँ शैली सृष्टि गर्ने हे पथ प्रदर्शक ! भाषाको कलिलो रुपलाई नयाँ पेटे भोटो पहि¥याई आधुनिकताको प्रथम शङ्ख फुक्ने हे प्रगतिप्रेमी वयोवृद्धकवि शिरोमणि लेखनाथ ! लगायतका कुराबाट उहाँलाई सम्बोधन गरिएको छ ।

नेपाली साहित्यलाई ठूलो गुन लगाएका लेखनाथको योगदानलाई युगौँ युग बचाउने ध्येयका साथ अर्घौ अर्चलेलाई साहित्यिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने गुरुयोजनालाई साकार पारी साहित्य र पर्यटनलाई एकसाथ जोड्ले लक्ष्य राखिएको अध्यक्ष लामिछानेले बताउनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

आजबाट चौबिसै घण्टा खुल्न थाल्यो भक्तपुरको भाटभटेनी

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

देउवाको उपस्थितिमा कांग्रेस का पार्टी को आज भेला हुने भयको छ|

भेरी नदीमा खसेको जिपसँगै बेपत्ता व्यक्तिहरूको खुल्यो पहिचान

रोल्पामा पहिरोले ६ घर गोठ पुरिँदा २ जनाको मृत्यु, २ जना घाइते

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL