Breaking News
Wednesday, 28 Dec, 2016
पुरुषतर्फ नेपाली सेनालाई स्वर्ण, महिलामा सशस्त्र प्रहरीलाई
सुनसरी, १३ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरी रङ्गशालामा भर्खरै भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
पुरुष भलिबलमा नेपाली सेनाले स्वर्ण पदक जितेको छ भने महिलातर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेको छ ।
पुरुषतर्फ फाइनल खेलमा नेपाली सेनाले सशस्त्र प्रहरीलाई तथा महिलातर्फ सशस्त्र प्रहरीले मध्यमाञ्चललाई पराजित गर्दै स्वर्ण पदक जितेको हो ।
पुरुषतर्फ नेपाली सेनाले सशस्त्र प्रहरीलाई २५–२१, २५–१६ र २५–१६ को सोझो सेटमा तथा महिलातर्फ सशस्त्र प्रहरीले मध्यमाञ्चललाई २५–२१, २५–२१ र २५–२२ अङ्कले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । रासस







