Breaking News Monday, 12 Oct, 2020
Prestige Media

आकस्मिकबाहेकका शल्यक्रिया नगर्न उपत्यकाका अस्पताललाई सरकारको निर्देशन

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका सबै अस्पताललाई आकस्मिकबाहेकका शल्यक्रिया नगर्न निर्देशन दिएको छ । लक्षण भएका कोरोना संक्रमितको संख्या बढेकाले कोरोनाका बिरामीलाई आईसीयू र भेन्टिलेटर बेडमा राख्न आकस्मिकबाहेकका शल्यक्रिया नगर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोरोना अस्पताल बनाउने भएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले उपत्यकामा कोरोना संक्रमितको उपचारका लागि सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।
मन्त्रालयले स्वास्थ्य सेवा विभागसँग भएका भेन्टिलेटर, आईसीयु तथा अक्सिजन कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने निर्णय गरेको छ ।
यस्तै काठमाडौंको मनमोहन शिक्षण अस्पताल दहचोक र राष्टिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा रहेका आइसोलेसन सेन्टरलाई लक्षणसहितका कोरोना संक्रमित राख्नका लागि कोभिड अस्पतालमा स्तरोन्नति गर्ने भएको छ ।
बैठकले अस्पतालले होटलसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन ।
यस्तै, मन्त्रालयले सार्वजनिक ठाउँ तथा सार्वजनिक यातयाताबाट संक्रमण फैलन नदिन निःसंक्रमण गर्ने तथा स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।
दसैंलगायतका चाडपर्व मनाउँदा कोरोना संक्रमण फैलन सक्ने भएकाले जो–जहाँ, जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा चाडपर्व मनाउन र त्यसका नाममा यात्रा नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना बन्द

सरकारले कोरोना महामारी थप बढ्न नदिन अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि नेपालसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले मानव अधिकारसम्बन्धी ५ वर्षीय कार्ययोजना पारित गरेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चक्रवात ‘अर्नब’ले नेपालका कुन-कुन भूभागमा पार्छ पानी?

सांसदको डेराबाट चोरी गर्ने ४ जनाको साथबाट ठुलो परिमाणमा सुनचाँदीका गहना बरामद

एनपिएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् अघिल्लो सिजनका फाइनलिस्ट

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL