Breaking News Friday, 9 Oct, 2020
Prestige Media

नेपालमा १ लाख नाघ्यो कोरोना संक्रमितको संख्या

नेपालमा कोरोना संक्रमितको संख्याले १ लाख पार गरेको छ । पछिल्लो २४ घन्टामा मात्रै २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १३ हजार २ सय ७९ नमुना परीक्षण गर्दा ७ सय ३२ महिला र १ हजार ३ सय २७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या एक लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ लाख ६ सय ७६ संक्रमित भएका छन् । उनीहरूमध्ये ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा १ हजार ६ सय ८० जना संक्रमणमुक्त भएका छन् । देशभर २७ हजार ५३ संक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १ हजार ४ सय ९ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका १ हजार १ सय १६, ललितपुरका १ सय ६३ र भक्तपुरका १ सय ३० छन् ।
यस्तै, मोरङका ८६, मकवानपुरका ६७, दाङका ६५, चितवनका ५१, बाँकेका ४५, काभ्रेका ४०, कास्कीका २८, सुनसरीका २६, नवलपुरका २५, रामेछापका १९, महोत्तरीका १७, पर्साका १५, गोरखाका १२, बारा र सिन्धुली ११, रौतहट र बर्दियाका ९–९, झापा, तनहुँ र दैलेखका ८–८, सर्लाही र धादिङका ७–७ तथा सिन्धुपाल्चोकका ६ जनामा संक्रमण पुष्टि भएको छ ।
गुल्मी र कालीकोटका ५–५, नुवाकोटका ४, खोटाङ, धनुषा, दोलखा, पर्वत, लमजुङ, अर्घाखाँची, प्युठान, रुपन्देही सल्यान र सुर्खेतका ३–३, धनकुटा, बाग्लुङ, पाल्पा, रुकुमपूर्व, रोल्पा, कञ्चनपुर र कैलालीका २–२ तथा उदयपुर, भोजपुर, सप्तरी, सिराहा, स्याङ्जा, कपिलवस्तु, रुकुम पश्चिम, डोटी र बैतडीका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

६ सयलाई लग्यो कोरोनाले

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० जनाको मृत्यु भएको छ । योसँगै मुलुकभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय पुगेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा झापामा २ पुरुष, सुनसरीमा ३ पुरुष, काठमाडौंमा १ पुरुष र १ महिला, ललितपुरमा १ पुरुष, रुपन्देहीमा २ पुरुष गरी १० जनाको मृत्यु भएको हो ।
पछिल्ला दिन संक्रमणबाट मर्नेको मृत्युदर ०.६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपिएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् अघिल्लो सिजनका फाइनलिस्ट

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL