Breaking News Wednesday, 7 Oct, 2020
Prestige Media

उपत्यकामा कोरोनाको सन्त्रास उच्च सतर्कता नअपनाए अनियन्त्रित हुने सरकारको चेतावनी

संघीय सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको औंल्याउँदै उच्च सतर्कता अपनाउन उपत्यकाबासीमा अपिल गरेको छ ।
असोज १९ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको अन्य भूभागमा कोरोनाको प्रकोप विस्तारै नियन्त्रण उन्मुख हुँदै गए पनि काठमाडौं उपत्यका अझै उच्च जोखिममै रहेको बताए ।
‘हाल प्रत्येक दिन देखिने कुल संक्रमितमध्ये आधाभन्दा बढी संक्रमितको संख्या उपत्यकामा रहेको छ । अहिलेसम्म उपत्यकामा कोरोना संक्रमण नियन्त्रण उन्मुख नदेखिएको हुनाले काठमाडौंबासीले असाध्यै धेरै सतर्कता अपनाउनुपर्ने जरुरी छ’, उनले भने, ‘झन्डै ४० लाख बसोबास गर्ने उपत्यकामा यदि संक्रमण अनियन्त्रित भयो भने त्यसले हामीलाई निकै ठूलो जोखिममा पु¥याउन सक्ने अवस्था छ ।’
मन्त्री ज्ञवालीले काठमाडौंबासीलाई आफूले सेवा दिँदा वा लिँदा, व्यवसाय सञ्चालन गर्दा वा सहयोग पु¥याउँदा, सार्वजनिक यातायात वा निजी सवारीसाधनमा हिँडडुल गर्दा तथा अन्य कुनै प्रकारको गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन विशेष आग्रह गरे ।
‘देशैभर क्रमशः कोरोना संक्रमण घट्दै गरेको अवस्थामा काठमाडौं उपत्यकाको अवस्था अझै पनि उच्च जोखिममा छ । यसलाई ध्यानमा राख्न सरकारको तर्फबाट विशेष आग्रह गर्दछु’, उनले
भने । नेपालीको सबैभन्दा ठूलो चाड बडादसैं नजिकिँदै गरेको अवस्थामा कोरोनाको थप जोखिम बढ्न सक्ने औंल्याउँदै उनले स्वास्थ्य सावधानी अपनाउनुपर्नेमा जोड दिए ।
‘दसैंको महत्वपूर्ण पक्ष भनेको पारिवारिक पुनर्मिलन र अग्रजबाट शुभाशीष लिने हो, तर यस्तो अवस्थामा परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । त्यसो हुँदा दसैं मनाउँदा आफ्ना अभिभावकको सुरक्षा संवेदशनीलतालाई ध्यानमा राख्न जरुरी छ’, मन्त्री ज्ञवालीले भने ।
विगतमा जस्तो गाउँगाउँबाट काठमाडौं ओहोरदोहोर गर्दा संक्रमण फैलने जोखिम उच्च हुने भन्दै उनले टेलिफोनमार्फत आर्शीवाद लिन सकिने बताए । ‘परिवारका ज्येष्ठ सदस्य सुरक्षित रहे भने यस्ता अवसर पटक–पटक आउँछन्’, उनले भने, ‘तर हाम्रो सानो लापरबाहीले उनीहरूको स्वास्थ्यमा ठूलो जोखिम बढ्न सक्छ ।’
नेपालमा पछिल्लो समय ६० वर्षमुनिका व्यक्तिमा कोरोना संक्रमण दर र मृत्युदर तुलनात्मक रुपमा कम देखिएको छ । केही दिनयता नेपालमा कोरोनाका कुल संक्रमितको आधाभन्दा बढी संख्या काठमाडौं उपत्यकामा देखिन थालेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

चक्रवात ‘अर्नब’ले नेपालका कुन-कुन भूभागमा पार्छ पानी?

सांसदको डेराबाट चोरी गर्ने ४ जनाको साथबाट ठुलो परिमाणमा सुनचाँदीका गहना बरामद

एनपिएल आजदेखि, उद्घाटन खेलमा भिड्दैछन् अघिल्लो सिजनका फाइनलिस्ट

४६ हजार वर्षअघिको हात कसको थियो– हड्डीका ६ वटा टुक्राबाट खुल्यो रहस्य

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL