एकै दिन थपिए २ हजार बढी कोरोना संक्रमित
नेपालमा एकै दिन २ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन २ हजार बढी संक्रमित थपिएको पहिलो पटक भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा २ हजार २० संक्रमित थपिएका हुन् । योसहित हालसम्म देशभर संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घन्टामा ८ सय ७१ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ ।
हाल देशभर १७ हजार ३ सय ८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार थप ७ जनाको मृत्यु भएको छ । यीसहित हालसम्म मृतक ३ सय ९० जनामा कोरोना देखिएको छ ।
शुक्रबा ११ हजार ४ स ५८ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ८ लाख ९४ हजार जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
देउवा होम क्वारेन्टाइनमा
नेपाली कांग्रेसका सभापति देउवा होम क्वारेन्टाइनमा बसेका छन् । सचिवालयमा कार्यरत दुई कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि उनी बूढानीलकण्ठस्थित आप्mनै होम क्वारेन्टाइनमा बसेका हुन् ।
सभापतिका स्वकीय सचिव भानु देउवाका अनुसार बुधबार सचिवालयमा कार्यरत दुई कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि देउवा बुधबारदेखि नै क्वारेन्टाइनमा बसेका हुन् ।







