खेलकुद
Saturday, 2 Jul, 2016
वेल्सको ऐतिहासिक जित, बेल्जियमलाई पाखा लगाउदै सेमिफाइनलमा
१८ असार – बेल्जियमलाई पन्छाउँदै वेल्स युरोकप २०१६ को नकआउट चरणमा प्रवेश गरेको छ।
शनिबार विहान भएको खेलमा वेल्सले बेल्जियमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। लिलेमा भएको खेलमा बेल्जियमले राम्रो सुरुवात गरेको थियो। र, १३ औं मिनेटमा नै राड्जा नारिनगोलान्डको गोलबाट अग्रता लिएको थियो।
तर, यो खेललाई निरन्तरता दिन सकेन। ३० औं मिनेटमा वेल्सका कप्तान एश्ले विलियम्सले बराबरी गोल फर्काए। उनी खेलमा ठूलो शंका थियो, किनकी उनको काँधमा चोट लागेको थियो। तर, बेल्जियमविरुद्ध उनले नै कर्नरमा आएको बलमा हेडमार्फत बराबरी गोल फर्काए।
पहिलो हाफ १-१ को बराबरीमा सकियो । दोस्रो हाफमा वेल्स हावी भयो। ५५ औं मिनेटमा हल रोब्सन कानुले गोल गरे भने ८५ औं मिनेटमा साम भोक्सले गोल गर्दै युरो २०१६ को अन्तिम चारमा वेल्सलाई पुर्याए।







