उच्च शिक्षा कालागि कुन कुन राशिका विध्यार्थिले कस्ता विषय छनोट गर्दा राम्रो

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यस राशीका जातक पुलिस, सेना, फायरमैन, खेलाड़ी, धावक र साहसिक कार्यसँग नजिकहुन्छन्।अन्वेषणमूलकस्वभाव हुनाले अनुसन्धाता, ज्योतिषी, तान्त्रिक, मन्त्रविद् र खोजकर्ता पनि हुन्छ। त्यसैले गुप्तचर विभाग, पौडीवाज, चिरफारको चिकित्सक(सर्जन), ठेकेदार(कन्ट्र्याक्टर) जस्ता पेशामा पनि यिनीहरू संलग्न हुनसक्छ। यस राशीका व्यक्तिले पानी धेरै खानु पर्छ अनि आफूभित्रको आवेग र क्रोधलाई नियन्त्रित राख्नसक्नु पर्छ अनि मात्र आफ्ना कार्यक्षेत्रमा सफलता पाउन सक्दछन्। विपरीत परिस्थितिलाई आफूअनुकूल बनाउने क्षमता यस वर्गका व्यक्तिहरूमा देखिन्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नो कार्यस्थलमा यिनीहरू हरेक आधुनिक प्रविधिको उपयोग गर्दछन्। यिनीहरू आफ्नो पहिरनमा अलि धेरै ध्यान दिन्छन्। समयसँगै रहनसहनमा यिनीहरू परिवर्तन गरी रहन्छन्। योजनाबद्ध तरिकाले काम गर्न यस्ता मानिसलाई मन पर्छ। प्रत्येक वस्तुलाई उचित स्थानमा राख्नु, हातमा लिएको प्रत्येक काम पूर्ण गर्नु, प्रत्येक सुन्दर वस्तुप्रति सजिलैहो। संगीत, कला, चलचित्र, नाटक, ललितकला, राजनीति, धार्मिक क्षेत्र, सरकारी उच्च प्रशासक, प्रबन्धक, नेतृत्व आदि कार्यबाट यस राशीका व्यक्तिहरूले सफलता प्राप्त गर्दछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफ्नो बहुमुखी प्रतिभाका कारण यिनीहरूले कतिपय क्षेत्रमा प्रसिद्धि हासिल गर्दछन्। मिथुन राशीको जातकको स्वभाव मधुरभाषी, ठट्यौलो र आफ्न धारणा, विचार र आदेश अर्कामाथि थोपर्ने खालको हुन्छ। यस्तो मानिसले एउटा राम्रो सेल्सम्यान, व्यापारी, प्रबन्धक आदिको भूमिका निर्वाह गर्नसक्छ। यस्ता व्यक्तित्वहरू ठूलठूला योजनाविद् पनि बन्न सक्दछन्।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यस राशीका जातक संवदेनशील र भावुक हुने गर्दछन् र यिनले जीवनमा उतारचढावको सामना गर्नुपर्दछ। वनस्पति विज्ञान, बागवानी, प्रकृतिसँग सम्बद्ध कुनै विशिष्ट ज्ञान, मनोविद्, हास्यव्यङ्ग्य, कलाकार, जलसेनाको कर्मचारी वा त्यस्तै सामुद्रिक कामहरू, फोटोग्राफी आदि जस्ता काम यस राशीका लागि सहज हुन्छ। कर्कट राशीका मान्छेले एउटाभन्दा बढी आयस्रोतको छनोट गर्नु, बारम्बार कार्यक्षेत्र फेर्नु र लागूपदार्थ र मादकपदार्थको सेवन गर्नु अति नै खराब हुन्छ र यस्ता मान्छेले जीवनमा अत्यन्त निराशा व्यहोर्नु पर्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यस्ता मानिसलाई पित्तसम्बद्ध रोगको कठिनाइ हुनसक्छ। धेरै पानीको सेवन गर्नुपर्छ। आफ्नो राजसी र ऐश्वर्यशाली जीवनशैलीमा नियन्त्रण राख्नु राम्रो हो। यस राशीमा जन्मिएका मान्छे साहसी, स्पष्टवादी, धैर्यवान् र आत्मविश्वासी हुन्छन्। ख्याति प्राप्त लेखक, डाक्टर, क्यामिस्ट, प्रशासक र बौद्धिक कार्य गर्ने विद्वान् र दार्शनिक आदिमा सिंह राशीको मुख्य भूमिका हुन्छ। यिनीहरू राजनीतिका असल खेलाडी र कूटनीतिज्ञ पनि बन्न सक्दछन्।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यस राशीको मालिक बुध ग्रह भएका कारण यस्ता व्यक्ति अत्यन्त बुद्धिमान, रचनात्मक र सफा मनका हुने गर्दछन् भाषामा राम्रो पकड र वाणीको कुशलता अनि कुनै पनि कुराको तर्कपूर्ण तथ्य चाहन्छन्। पुस्तकको अध्ययन गर्नु, पण्डित्याइँ गर्नु, वित्त र वाणिज्यको क्षेत्रमा काम गर्नु, लेखक, कवि, अध्यापक, सल्लाहकार, ज्योतिषी, कृषक र शोधकर्ता हुनु यस राशी को विशेषता हुने गर्दछ, त्यस्तै यिनीहरूको आयातनिर्यात, एकाउन्टस, ढुवानी, खेलकुद, यातायात र ठेक्कापट्टा-दलाली आदिमा समेत रुचि हुने गर्दछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यस राशीको मालिक शुक्र ग्रह भएका कारण यस्ता व्यक्ति राम्रो व्यापारी बन्ने गर्दछन्। यस राशीका मानिसहरु खासगरी मिथुन राशीप्रति आकषिर्त हुन्छन् । तर मेष र मकरसँगको सम्बन्ध पनि सकारात्मक रहन्छ । राजनीतिज्ञ, ज्ञानी, न्यायप्रिय, कहिलेकाँही घृणितकार्यमा समेत लिप्त हुने, गुप्तचर, धावक, चित्रकार, सुनार, महँगामहँगा वस्त्र र आभूषणको व्यापारी, गणितज्ञ, औषधी व्यवसायी वा डाक्टर भएर आफ्नो जीवनयापन गर्दछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यस राशीमा जन्म लिने व्यक्तिको व्यक्तित्वमा मंगलको प्रभाव देख्न पाइन्छ। यिनीहरूको साहसिक कार्यमा गहिरो रूचि हुन्छ। यसबाहेक सिंह र कन्या राशी भएका व्यक्तिसँग पनि वृश्चिक राशीको सम्बन्ध गाढा हुन सक्छ तर जल तत्त्व भएका कारण पानी जसरी कहिले अति नै शान्त र कहिले अति नै उग्र हुन्छ, त्यस्तै स्वभाव प्राप्त हुन्छ सैन्यसेवा, रहस्यात्मक विषय, ज्योतिष, तंत्र-मंत्र, दर्शनशास्त्र, मनोचिकित्सा आदि क्षेत्रमा यस राशीका व्यक्तिहरू सफल हुन्छन्।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनी, सम्मानित र समाजमा प्रतिष्ठित हुने गर्दछन् धनु राशी भएका मानिसहरू यस्ता मानिसहरू इमानदार र धनसंयमी हुने गर्दछन्, त्यसैले लेखा र व्यवस्थापनको कलामा यिनीहरू प्रवीण हुन्छन्। तर चंचल मस्तिष्क भएका र धेरै भावुक प्रकृतिका हुने गर्दछन्, यस्ता व्यक्तिमा आफ्नो ज्ञानका सम्बन्धमा अहंकार पनि हुन्छ, अनि स्वयं आफै आफ्नो ज्ञानको बखान गर्न मन पराउँछन्। यस्ता व्यक्ति आफ्नो कुरामा गम्भीर हुन्छन्, धनी, सम्मानित र समाजमा प्रतिष्ठित हुने गर्दछन्। समाजसेवी, कथावाचक, कर्मकाण्डी, सम्मानको आकांक्षा राख्ने, ड्राइभर, भूगर्भविद्, साहित्यकार आदि हुनु यस राशीको वैशिष्ट्य हो।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
हँसिला, खर्चिला र समझदार हुने गर्दछन् मकर राशी भएका मानिसहरू हरेक विषयमा यिनीहरूको रूचि हुन्छ र हरेक क्षेत्रमा सफलता पाउन खोज्छन् अनि मिहिनेत र लगनशीलताले सफलता हासिल पनि गर्छन्। यिनीहरूले न्यायिक क्षेत्रमा चासो राख्छन् र कहिले कसैलाई धोका दिंदैनन्। यस्ता व्यक्ति असफल भएमा धेरै छिटो निराश हुनपुग्छन् तर केही बेर एकान्तमा बसेपछि सोचविचार गरेर निराशाबाट मुक्त हुन्छन्। यस राशीका जातक राजनीति, रङ्गमञ्च, लागुपदार्थ वा मादक पदार्थको क्रयविक्रयकर्ता, उच्च सरकारी पदाधिकारी, श्रेष्ठ पौडीवाज आदि हुने गर्दछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफ्नो काममा अर्काको हस्तक्षेप मन पराउँदैनन् कुम्भ राशी भएका मानिसहरू यिनीहरूले कुरालाई सजिलै बुझ्दैनन्। यस्ता व्यक्ति अध्यात्मका प्रति रूचि होस् भन्ने चाहन्छन् र यिनीहरूको दर्शनशास्त्रमा पनि विशेष रूपले रूचि हुन्छ ।गुप्तविद्याको अध्ययन गर्ने, शोधकर्ता, राम्रो सल्लाहाकार, चित्रकार, राजनीतिज्ञ, नयाँ मार्गदर्शन गर्ने, धर्मज्ञाता, प्रोफेसर, समाजसेवी वा कुनै मंदिर र मठको मठाधीश आदि हुनुमा कुम्भ राशीको महत्त्वपूर्ण भूमिक हुन्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यस्ता व्यक्तिले सम्मान गर्न राम्ररी जान्दछन्। यस्ता व्यक्ति आफ्नो उमेरभन्दा ठूलठूला अर्थात् परिपक्व कुरा गर्दछन्, श्रवणयोग्य र रमणीय हुन्छ। यिनीहरूको कार्यप्रणाली सादा र सरल हुन्छ तर यस्ता व्यक्ति प्रायशः ज्ञान बाँड्दै जीवन बिताउँदछन्। व्यापार र वाणिज्य कर्ममा निपुण, बौद्धिक कार्य गर्ने, पर्यटनव्यवसाय, समाजसेवी, कर्मकाण्डी पण्डित, शैक्षिकसंस्थाको प्रमुख वा संस्थापक, प्रवचनकर्ता आदि कार्यमा दक्ष व्यक्तित्वहरूको प्रायः मीन राशी हुने गर्दछ।
astrology suresh chandra rijal J.V९८५१०६११२४







