Breaking News Thursday, 28 May, 2026
Prestige Media

रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न मानवअधिकार आयोगले देखाएका ४ आधार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भदौ २४ गते जेनजी आन्दोलन क्रममा नख्खु कारागारबाट बाहिरिएको घटना फौजदारी अपराध भएको उल्लेख गर्दै राष्ट्रिय मानवअधिकार आयोगले यसबारे अनुसन्धान गर्न भनेको छ।

आयोगले लिली थापाको संयोजकत्वमा गठन गरेको छानबिन समितिको प्रतिवेदनमा सभापति लामिछाने नख्खु कारागारबाट बाहिरिएपछि देशभर कारागार विद्रोह र हिंसा भड्किएको पनि उल्लेख छ।

आयोगको छानबिन समितिले चार तर्क अघि सारेको छ।

अनधिकृत रूपमा कारागार त्याग– सभापति लामिछाने २०८२ भदौ २४ गतेको आन्दोलन क्रममा नख्खु कारागारबाट अनधिकृत रूपमा बाहिर निस्किएको प्रतिवेदनमा उल्लेख छ।

फौजदारी अपराध– कारागारबाट यसरी बाहिरिनु कारागार ऐन, २०७९ को दफा ४९ अनुसारको फौजदारी अपराध भएको प्रतिवेदनमा उल्लेख छ।

देशभर कारागारबाट कैदी निस्कने शृंखला सुरू भएको– रवि लामिछाने कारागारबाट बाहिरिएको समाचार फैलिएपछि देशभरका ३६ वटा कारागार र बाल सुधार गृहहरूमा कैदीबन्दी भाग्ने, तोडफोड र आगजनी हुने श्रृंखला सुरू भएको प्रतिवेदनमा उल्लेख छ। यसले १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको तथा ठूलो संख्यामा कैदीहरू समाजमा पुग्दा नागरिकको सुरक्षा र मानव अधिकार उल्लंघन भएको प्रतिवेदनमा उल्लेख छ।

मानवअधिकार उल्लंघन– कैदीबन्दीहरूलाई कारागार बाहिर जान सहयोग पुग्ने वातावरण सिर्जना गरी आम नागरिकको शान्तिपूर्वक बाँच्न पाउने, सुरक्षित हुन पाउने र अपराध पीडितको हक अधिकार लामिछानेबाट उल्लंघन भएको आयोगको प्रतिवेदनमा उल्लेख छ।

उनलाई कारागारबाट निकाल्न जेलर सत्यराज जोशीको भूमिका रहेको पनि आयोगले बताएको छ। जेलर जोशीमाथि पनि ऐनविपरीत कार्य गरेको भन्दै कारबाहीको दायरामा ल्याउन भनिएको छ।

कारागार प्रशासकका रूपमा आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर रवि लामिछानेलाई बाहिर जान अनुमति वा पत्र दिएर कारागार ऐन, २०७९ को उल्लंघन गरेको जोशीमाथि आरोप लगाइएको छ।

उनले कारागार सुरक्षा गर्न नसकेको र दबाब वा धम्कीको बहाना बनाएर कैदीलाई उन्मुक्ति दिएको प्रतिवेदनमा उल्लेख छ।

रवि लामिछानेलाई बाहिर निकाल्न तत्कालीन सांसदहरू मनिष झा र हरि ढकाल सहितको भीडले कारागार घेरेको अवस्थामा जेलर जोशीले ‘डर र त्रासका बीच’ पत्रमा सही गरेर उनलाई छाडेको देखिएकाले उनीमाथि शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरिएको प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनका अनुसार, रवि लामिछाने र सत्यराज जोशीका बयानहरू आपसमा बाझिएका छन्।

प्रतिवेदन अनुसार जोशीले दबाब र धम्कीका कारण छाडेको दाबी गरेका छन्। लामिछानेले भने जेलरले नै बोलाएर ‘तपाईं बाहिर गए जेल सुरक्षित हुन्छ’ भनी पठाएको बयान दिएका छन्।

यसै कारण उनीहरू दुवैलाई मानवअधिकार उल्लंघन र फौजदारी कसुर आकर्षित हुने भन्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

कि प्रधानमन्त्रीलाई बोलाइदिनुपर्‍यो, होइन भने मलाई निस्केर जा भन्नुपर्‍यो : हर्क साम्पाङ

पेलिएरै आएकाहरूले विपक्षीलाई पेलेको पटक्कै सुहाएन : खुश्बु ओली

श्रीमान्‌को कुटपिटबाट महिलाकाे मृत्यु

बागमतीको मुख्यमन्त्री भन्छन्- गरिबलाई गरिखाने वातावरण दिने बजेट आउँछ

प्रतिनिधिसभा बैठक बस्दै, आज

चीनको कोइलाखानी दुर्घटनाप्रति रास्वपा सभापति लामिछानेद्वारा दुःख व्यक्त

ओलीको असहमतिबीच बन्यो कार्यदल

पोखराको फिर्केखोलाको खोलाघरमा बनेका संरचना हटाइँदै

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

एमाले बैठकमा केपी ओली र पृथ्वीसुब्बा गुरूङबीच चर्काचर्की

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

तीन मौसमी प्रणालीको असर, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL