अर्थ बाणिज्य / समाज
Wednesday, 13 Aug, 2025
नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो
बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटेर बन्द भइरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आज नेप्से परिसूचक १०.५० अंक घटेर २७८५.७४ विन्दुमा झरेको छ। आज माया खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.७४ प्रतिशत बढेको छ। त्यस्तै,सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य करिब साढे ४ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन १०.२५ प्रतिशत केबिएल डिबेञ्चरको मूल्य सर्वाधिक ९.४८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन बलेफी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३४ करोड ११ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन युनाइटेड मोदी हाइड्रोपावरको करिब साढे २७ करोडको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २४ करोड नाघेको छ।







