अर्थ बाणिज्य / समाज Monday, 4 Aug, 2025
Prestige Media

बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

नेप्से परिसूचक १६.४६ अंक बढेर २८७५.३६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.१६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५५ अंक बढेको छ।नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १३ अर्ब ७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२५ स्टकको १ लाख ४९ हजार २७४ पटकको कारोबारमा १० अर्ब ९२ करोड २४ लाख ४९ हजार रुपैयाँबराबरको २ करोड ७१ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज  थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.८९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन माेलुङ हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ भने सिक्लेस हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशत बढेको छ। पछिल्ला १२ कारोबार दिनदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भएको ट्रेड टावरको शेयर यस दिन भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ११४ रुपैयाँ ८० पैसा घटेर १ हजार ३३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५५ करोड ९६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको साढे ४३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम साढे ३७ करोड नाघेको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL