देश भित्र
Monday, 23 Jun, 2025
सांसदहरूलाई कांग्रेसको ह्वीप- अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्नू, तटस्थ नरहनू
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भोलिको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ ।
भोलि बजेट निर्णयार्थ प्रस्तुत हुने भएकाले बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए । उनले तटस्थ नरहन र बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् ।
बजेटलाई लिएर कांग्रेसका सांसदहरूले चर्को आलोचना गरिरहेका छन् ।







