गुजरातलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा

मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो क्वालिफायरमा पुगेको छ।
गएराति इलिमिनेटरमा गुजरात टाइटन्सनलाई २० रनले पराजित गर्दै मुम्बईले दोस्रो क्वालिफायरमा पञ्जाब किंग्ससँगको भेट पक्का गरेको हो।गुजरातका लागि ओपनर साइ सुदर्शनले ८१ रन हाने। उनले ४९ बलमा १० चौका र १ छक्का हाने। अर्का ओपनर शुभमन गिल १ रनमै आउट भएका थिए।
वाशिङ्टन सुन्दरले २४ बलमा ५ चौका र ३ छक्का हानेर ४८ रन जोडे। कुशल मेन्डिसले १० बलमा २० रन हाने। शर्फेन रथरफोर्डले १५ बलमा २४ रन बनाएका थिए।बलिङतर्फ ट्रेन्ट बोल्टले २ तथा जशप्रित बुमराह, रिचार्ड ग्लिसन, मिचेल सान्टनर र अश्वानी कुमारले एक/एक विकेट लिएका थिए।त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेट गुमाएर २२८ रन बनाएको थियो।त्यस क्रममा ओपनर रोहित शर्माले ५० बल खेलेर ९ चौका र ४ छक्का प्रहार गर्दै ८१ रन बनाए।र्का ओपनर जोनी बैरस्टोले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ४७ रन बनाए।सूर्यकुमार यादवले ३३ र तिलक वर्माले २२ रन जोडे।बलिङतर्फ प्रसिद कृष्ण र साइ किशोरले २/२ तथा मोहम्मद सिराजले एक विकेट लिए।
मुम्बईले अब फाइनल पुग्नका लागि भोलि पञ्जाबसँग खेल्नेछ। पञ्जाब र मुम्बईबीचको विजेताले उपाधिका लागि बेंग्लुरूसँग खेल्नेछ।







