खेलकुद Wednesday, 28 May, 2025
Prestige Media

डिएगो म्याराडोना

साभार विकिपीडिया

डिएगो म्याराडोना (स्पेनी उच्चारण: (स्पेनी उच्चारण:दिएगो आर्मान्दो मारादोना फ्राङ्को) (३० अक्टोबर १९६०-२५ नोभेम्बर २०२०) एक अर्जेन्टिना व्यावसायिक फुटबल खेलाडी तथा फुटबल प्रशिक्षक थिए।आफ्ना प्रशंसक तथा अनुयायीहरूका माझ पिबे दे अरोको (सुनौलो बालक) नामबाट परिचित म्याराडोनाले आफ्नो व्यावसायिक फुटबल खेलजीवनको अधिकांश समय अर्जेन्टिनोस जुनियर्स र इटालेली क्लब नापोलीमा एक मध्यपङ्क्तिको भूमिका निर्वाह गर्दै बिताएका थिए।[ उनी मूल रूपमा एक आक्रमक मध्यपङ्क्तिका फुटबल खेलाडी थिए भने उनले कहिलेकाँही मध्यवर्ती आक्रमक मध्यपङ्क्तिको रूपमा पनि खेल खेल्ने गरेका थिए। थुप्रै फुटबल खेलाडी तथा विशेषज्ञहरूले उनलाई सबै समयका सर्वश्रेष्ठ फुटबल खेलाडी मान्दथे। म्याराडोना खेलकूदको संसारमा सबैभन्दा विवादास्पद र महत्वपूर्ण व्यक्तित्व मध्ये एक मानिन्छन्। सन् १९९१ मा इटालीमा मादक पदार्थको परीक्षण गर्दै गर्दा उनले कोकिन नामक मादक पदार्थ प्रयोग गरेका कारण फुटबल खेल्नबाट १५ महिनासम्म निषेधित गरिएको थियो।[ सन् १९९४ को फिफा विश्वकपका इफेड्रिनको सकारात्मक परीक्षणका लागि उनी अयोग्य घोषित भएका थिए। सन् २००५ मा म्याराडोनाले कोकिनको नशा त्यागेका थिए। उनको कडा शैलीका कारण उनी र पत्रकारखेल विशेषज्ञ बीच धेरै मतभिन्नताहरू रहेका छन्।

सन् १९७६-७७ फुटबल संस्करण अन्तर्गत म्याराडोनाले एस्त्रेया रोहार नामक एक अर्जेन्टिनी फुटबल क्लबको युवा टोलीमा प्रवेश गर्दै आफ्नो व्यावसायिक फुटबल खेलजीवनको सुरुवात गरेका थिए भने त्यसपछिका वर्षहरूमा उनी लस सेबायितास र आर्हेन्तिनोस जुनियर्स जस्ता फुटबल क्लबहरूको युवा टोलीमा आवद्ध हुँदै व्यावसायिक फुटबल खेलमा पदोन्नति गर्न सफल भएका थिए। सन् १९९६-७७ फुटबल संस्करणमा उनी आर्हेन्तिनोस नामक एक अर्जेन्टिनी फुटबल क्लबको वरिष्ठ टोलीमा आवद्ध भएका थिए भने उनले सोही क्लब मार्फत आफ्नो वरिष्ठ फुटबल खेलजीवनको सुरुवात गरेका थिए। उक्त क्लबसँगको ५ वर्षे बसाइँमा उनले क्लबका लागि कुल ५ संस्करणहरूमा १६७ खेलहरूमा सहभागी भएका थिए भने त्यसपछि उनी १० लाख ५० हजार युरोको लागतमा बोका जुनियर्स नामक फुटबल क्लबमा आवद्ध भएका थिए। बोका जुनियर्समा आवद्ध भएकै वर्ष उनले क्लबको तर्फबाट लिग उपाधि जित्न सफल भएका थिए भने त्यसपछि उनी ५० लाख युरोको विनिमयमा (तत्कालीन समयको विश्व कीर्तिमान) स्पेनी क्लब बार्सिलोनामा आवद्ध भएका थिए जहाँ उनले सेसर लुइस मनोतीको नेतृत्वमा रहेको टोलीले ३ लिग उपाधि जित्न सफल भएको थियो। बार्सिलोनासँगको २ फुटबल संस्करणमा उनले क्लबका लागि ४५ उपस्थिति जनाउँदै ३० गोल गर्न सफल भएका थिए भने त्यसपछि उनलाई नापोली नामक एक इटालेली क्लबमा ७० लाख युरोको विनिमयमा क्लबमा स्थानान्तरण गरिएको थियो भने सर्वाधिक रकमका साथ अर्को क्लबमा स्थानान्तरण भएका कारण उनले नयाँ विश्व कीर्तिमान राख्न सफल भएका थिए। म्याराडोना फुटबल इतिहासका प्रथम खेलाडी थिए जसले दुईपटक स्थानान्तरणको विश्व कीर्तिमानलाई तोडेका थिए।[त्यसपछिका वर्षहरूमा उनी स्पेनी सेभिया र ओल्ड ब्वाइजमा आवद्ध भएका थिए। पछिल्लो सन् १९९५-१६ फुटबल संस्करणमा उनी प्रतिबन्ध फुकुवा भई पुनः र बोका जुनियर्समा सामेल भएका थिए जहाँ उनले २ संस्करणहरू खेलेपछि फुटबल खेलबाट सन्यास लिने घोषणा गरेका थिए।

निधन

२ नोभेम्बर २०२० मा, म्याराडोनालाई उनको मनोवैज्ञानिक समस्याहरूको लागि ला प्लाता स्थित एक अस्पतालमा भर्ना गरिएको थियो।तथापि, पूर्व फुटबल खेलाडी म्याराडोनाको एक प्रतिनिधिले उनको अवस्था गम्भीर नभएको बताएका थिए। त्यसको एक दिन पश्चात्, उनको मस्तिष्कमा रगत जमेपछि आपातकालीन मस्तिष्क शल्य चिकित्साद्वारा उनको उपचार गरिएको थियो। उनको सफल शल्यक्रिया पछि १२ नोभेम्बरमा उनलाई अस्पतालबाट रिहा गरिएको थियो र चिकित्सकहरूले बाह्य रोगीको रूपमा उनको सुपरिवेक्षण गरेका थिए। २५ नोभेम्बर २०२०, ६० वर्षिया म्याराडोनाको राजधानी बुएनोस आइरेसको तिग्रे सहरमा उनको आफ्नै घरमा हृदयघातको कारण मृत्यु भएको थियो।सामाजिक सञ्जालहरूमा एक विज्ञप्ति जारी गर्दै, अर्जेन्टिनी फुटबल सङ्घलेर महान खेलाडीको निधनको प्रति गहिरो शोक व्यक्त गरेको थियो र उनी सधैँ हृदयमा रहिरहने बताएको थियो। निधनको परिणाम स्वरूप राष्ट्रपति आल्बेर्तो फेर्नादेसले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका थिए। [

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL