खेलकुद
Sunday, 25 May, 2025
आज इन्डियन प्रिमियर लिग (आईपीएल) दुई खेल
काठमाण्डौ –इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेल गुजरात टाइटन्स र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ । यो खेल अहमदाबादमा हुनेछ।१३ खेलमा १८ अङ्क रहेको गुजरात तालिकाको शीर्ष स्थानमा छ। चेन्नई समान १३ खेलमा ६ अङ्कसहित पुछारमा छ ।आज हुने दोस्रो खेलमा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।यो खेल दिल्लीमा हुनेछ ।आईपीएल क्रिकेटमा प्लेअफमा स्थान बनाएका चार टोलीमध्ये तीन टोलिले आफ्ना पछिल्ला खेलहरुमा पराजित भएका छन।।







