फास्ट ट्रयाकको धेद्रे सुरुङ ब्रेक थ्रु
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधेस द्रुतमार्ग ९फास्ट ट्रयाक० को धेद्रे सुरुङ ‘ब्रेक थ्रु’ ९छिचोल्ने ०को घोषणा गरेका छन्। मकवानपुरको बकैया गाउँपालिकामा पर्ने धेद्रेको काठमाडौंबाट निजगढतर्फ जाने लेन सोमबार प्रधानमन्त्री ओलीले ब्रेक थ्रु भएको घोषणा गरेका हुन्।
आज ब्रेक थ्रु भएसँगै फाष्ट ट्रयाकमा २ वटा सुरुङ लेनमा ब्रेक थ्रु भएका छन्। धेद्रेकै निजगढबाट काठमाडौं आउने लेन २०८१ जेठ ११ मा ब्रेक थ्रु भइसकेको छ। जेठमा ब्रेक थ्रु भएको लेनको लम्बाइ १।६५३ किलोमिटर छ भने आज ब्रेक थ्रु भएको काठमाडौंबाट निजगढ जाने लेन १।७२८ किलोमिटर लम्बाइको छ।
यसअघि २०८१ असार २० मा लेनडाँडा सुरुङको निजगढबाट काठमाडौं आउने १।६१२ किलोमिटर र २०८१ जेठ ४ मा काठमाडौंबाट निजगढतर्फ जाने १।६३३ किलोमिटर लम्बाइमा दुइ लेन ब्रेक थ्रु भइसकेको छ। आज अर्को लेन ब्रेक थ्रु भएसँगै फाष्ट ट्रयाकको प्याकेज २ मा पर्ने दुवै सुरुङ पूर्ण रुपमा ब्रेक थ्रु भएका छन्।
७०।९७७ किलोमिटर लम्बाइको फास्ट ट्रयाकमा ६ वटा सुरुङ बन्नेछन्। यद्यपि एउटा सुरुङका दुइ लेनबीच जमिनको भाग हुने भएकाले एउटै सुरुङमा दुई पटक ब्रेक थ्रु गर्नु परेको सेनाले जनाएको छ। जसले गर्दा एउटै सुरुङका दुई लेनमा छुट्टा छुट्टै ब्रेक थ्रु भइरहेको छ। फास्ट ट्रयाकको सबैभन्दा लामो महादेवटार सुरुङ पनि चालू आर्थिक वर्ष भित्र ब्रेक थ्रु गर्ने लक्ष्य सेनाले बनाएको छ। करिब १ किलोमिटर खन्न बाँकी महादेवटार सुरुङको कुल लम्बाइ ३।३५५ किलोमिटर छ। सुरुङ निर्माण छिटो गर्न सेनाले निर्माण कम्नीहरुलाई दिउँसो मात्र नभई राति पनि काम गर्न लगाएको छ।
बाँकी २ वटा सुरुङ ठेक्का प्रक्रियाको चरणमा छन् भने एउटा सुरुङ मुआब्जा विवादित क्षेत्र खोकनामा पर्ने भएकाले सेनाले काम अघि बढाउन सकेको छैन। फास्ट ट्रयाकमा सुरुङसँगै ८९ पुल निर्माण हुनेछन्। यसमध्ये ५ वटा पुल निर्माण सम्पन्न र ८० पुल निर्माणाधीन छन्। तर, ४ वटा पुल क्षेत्र खोकनामा पर्ने भएकाले कुनै काम हुन नसकेको सेनाको भनाइ छ।
२०७४ वैशाख २१ को मन्त्रिपरिषद् बैठकले फास्ट ट्रयाक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो।