Exclusive News Monday, 5 Aug, 2024
Prestige Media

फास्ट ट्रयाकको धेद्रे सुरुङ ब्रेक थ्रु

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधेस द्रुतमार्ग ९फास्ट ट्रयाक० को धेद्रे सुरुङ ‘ब्रेक थ्रु’ ९छिचोल्ने ०को घोषणा गरेका छन्। मकवानपुरको बकैया गाउँपालिकामा पर्ने धेद्रेको काठमाडौंबाट निजगढतर्फ जाने लेन सोमबार प्रधानमन्त्री ओलीले ब्रेक थ्रु भएको घोषणा गरेका हुन्।
आज ब्रेक थ्रु भएसँगै फाष्ट ट्रयाकमा २ वटा सुरुङ लेनमा ब्रेक थ्रु भएका छन्। धेद्रेकै निजगढबाट काठमाडौं आउने लेन २०८१ जेठ ११ मा ब्रेक थ्रु भइसकेको छ। जेठमा ब्रेक थ्रु भएको लेनको लम्बाइ १।६५३ किलोमिटर छ भने आज ब्रेक थ्रु भएको काठमाडौंबाट निजगढ जाने लेन १।७२८ किलोमिटर लम्बाइको छ।
यसअघि २०८१ असार २० मा लेनडाँडा सुरुङको निजगढबाट काठमाडौं आउने १।६१२ किलोमिटर र २०८१ जेठ ४ मा काठमाडौंबाट निजगढतर्फ जाने १।६३३ किलोमिटर लम्बाइमा दुइ लेन ब्रेक थ्रु भइसकेको छ। आज अर्को लेन ब्रेक थ्रु भएसँगै फाष्ट ट्रयाकको प्याकेज २ मा पर्ने दुवै सुरुङ पूर्ण रुपमा ब्रेक थ्रु भएका छन्।
७०।९७७ किलोमिटर लम्बाइको फास्ट ट्रयाकमा ६ वटा सुरुङ बन्नेछन्। यद्यपि एउटा सुरुङका दुइ लेनबीच जमिनको भाग हुने भएकाले एउटै सुरुङमा दुई पटक ब्रेक थ्रु गर्नु परेको सेनाले जनाएको छ। जसले गर्दा एउटै सुरुङका दुई लेनमा छुट्टा छुट्टै ब्रेक थ्रु भइरहेको छ। फास्ट ट्रयाकको सबैभन्दा लामो महादेवटार सुरुङ पनि चालू आर्थिक वर्ष भित्र ब्रेक थ्रु गर्ने लक्ष्य सेनाले बनाएको छ। करिब १ किलोमिटर खन्न बाँकी महादेवटार सुरुङको कुल लम्बाइ ३।३५५ किलोमिटर छ। सुरुङ निर्माण छिटो गर्न सेनाले निर्माण कम्नीहरुलाई दिउँसो मात्र नभई राति पनि काम गर्न लगाएको छ।
बाँकी २ वटा सुरुङ ठेक्का प्रक्रियाको चरणमा छन् भने एउटा सुरुङ मुआब्जा विवादित क्षेत्र खोकनामा पर्ने भएकाले सेनाले काम अघि बढाउन सकेको छैन। फास्ट ट्रयाकमा सुरुङसँगै ८९ पुल निर्माण हुनेछन्। यसमध्ये ५ वटा पुल निर्माण सम्पन्न र ८० पुल निर्माणाधीन छन्। तर, ४ वटा पुल क्षेत्र खोकनामा पर्ने भएकाले कुनै काम हुन नसकेको सेनाको भनाइ छ।

२०७४ वैशाख २१ को मन्त्रिपरिषद् बैठकले फास्ट ट्रयाक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणमा भएसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

गाँजा खान पैसा नभएपछि लमजुङमा ७५ वर्षीया वृद्धाको बीभत्स ह’त्या

रास्वपा सांसद ढकाल भन्छन्- सिंहदरबारको नाम फेरौं, अनामनगर दरबार राखौं

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

प्रधानमन्त्री बालेनले भारत र चीनका राजदूतसँग सोमबार एक्लाएक्लै भेटवार्ता गर्ने

राजनीतिक उतारचढावबाट नआत्तिन रविको आग्रह : सिट बेल्ट बाँध्नुहोस्, गन्तव्यमा सुरक्षित पुर्‍याउँछौँ

देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

तेलको भाउ अकासिन नदिएर सारा संसारलाई चीनले लगाएको गुण

रिहा भएलगत्तै दुर्गा प्रसाईंले लगाए गृहमन्त्रीमाथि गम्भीर आरोप

डढेलो निभाउने क्रममा आकाशमै ठोक्किए दुइटा हेलिकप्टर

दुर्गा प्रसाईं पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL