प्रमुख समाचार
Wednesday, 26 Jun, 2024
बाढीपहिरोमा परेर ९ जनाको मृत्यु, कैयौं बेपत्ता
काठमाडौं–देशैभर मनसुनी सक्रिय भएको छ। मुलुकका विभिन्न भागमा मुसलधारे पानी परेपछि गएको बाढीपहिरोमा परेर पछिल्लो विवरणअनुसार ९ दर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।
बाढीपहिरोमा परेर कैयौं बेपत्ता भएका छन्।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सिरहाको गोलबजारमा ४७.२, झापाको अनारमनीमा १२७.४, उदयपुरको सुन्दरपुरमा ११८.८, सिन्धुपाल्चोकको ढुंगेमा ९६.८, संखुवासभाको तुर्केघाटमा ९४.४, सिन्धुपाल्चोकको भोताङमा ९४.४, लमजुङको बेसीसहरमा १११, कास्कीको लामापाटनमा ११५.४ तथा डडेलधुराको साहुखर्कमा ८०.६ मिलिमिटर वर्षा भएको छ।







