प्रमुख समाचार
Monday, 24 Jun, 2024
सामान्यले ग¥यो कर्मचारी सरुवा स्थगित
काठमाडौं–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालका लागि कर्मचारी सरुवा स्थगन गरेको छ। मन्त्रालयले आज सूचना प्रकाशित गर्दै कर्मचारी सरुवासम्बन्धी सबै काम तत्काल लागि स्थगित गरिएको बताएको हो।
सरुवालाई व्यवस्थित गर्न थप सरुवासम्बन्धी मापदण्ड तयारी गर्नुपर्ने भएकाले असार ६ को निर्णयनुसार अर्को सूचना प्रकाशित नहुँदा कर्मचारी सरुवा स्थगित गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।







