प्रमुख समाचार Monday, 24 Jun, 2024
Prestige Media

भ्रष्टाचार आरोपमा मुख्यसचिव अर्याल निलम्बित भएपछि गड्तौलालाई निमित्तको जिम्मेवारी

काठमाडौं–। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर आयोगमा सरुवा गरिएको हो।
मुख्यसचिव अर्यालविरुद्ध अख्तियारबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकाले कानुनबमोजिम स्वतः पदबाट निलम्बन भएको सरकारको प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
‘सरकारका मुख्यसचिव अर्यालविरुद्ध अख्तियारबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुनबमोजिम स्वतः निलम्बन हुनुभएको छ। हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ’, उनले भनिन्।
मन्त्रिपरिषद् बैठकले निमित्त मुख्यसचिवको जिम्मेवारी लीलादेवी गड्तौलालाई दिने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत वरिष्ठ सचिवमध्येबाट गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो।
मुख्यसचिव अर्याल भ्रष्टाचार आरोपमा स्वतः निलम्बित भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव गड्तौलाले कामु मुख्य सचिवको जिम्मेवारी पाएकी हुन्।
बैठकले आव २०८०÷८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ। ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएकोमा ९३ प्रतिशत हुने गरी बाँकी रकम १६ अर्ब ९९ करोड २२ लाख तत्तत् स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL