प्रमुख समाचार
Monday, 24 Jun, 2024
डीआईजी पोखरेललाई एआईजी बढुवा सिफारिस
काठमाडौं– नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक ९डीआईजी० पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको आज बसेको बैठकले बढुवाका लागि सिफारिस गरेको हो। बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ ९संशोधनसहित० को नियम २७ को उपनियम ९४० अनुसार प्रकाशित गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।
प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा दरबन्दी रहेको डीआईजी पोखरेल हाल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख हुन्।







