प्रमुख समाचार
Wednesday, 19 Jun, 2024
संसद् परिसरमा प्रहरी जवानले गरे आत्महत्या
काठमाडौं–नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन्।
संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेले बताएका हुन्।
प्रहरी जवान गोेलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेको उनले जानकारी दिए। घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ।







