Exclusive News
Friday, 14 Jun, 2024
हेटौंडा सबस्टेसन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं–मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन एवं नेपाल–भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ। हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको १ ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो।
अब यो प्रसारण लाइनबाट ४००० मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको हेटौंडा उपमहानगर–११ थानाभ¥याङस्थित हेटौंडा सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको सबस्टेसन आयोजना प्रमुख शुक्रराज देवकोटाले बताए।







