खेलकुद Wednesday, 12 Jun, 2024
Prestige Media

वर्षाका कारण नेपाल–श्रीलंकाबीचको खेल रद्द

काठमाडौं–आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा आज बिहान सवा ५ बजेदेखि सुरु हुने भनिएको खेल निरन्तरको वर्षापछि रद्द भएको हो। खेल रद्द भएसँगै दुवै टोलीले समान एक–एक अंकक बाँडेका छन्।
विश्वकपमा नेपालले दुई खेलमा १ अंक जोडेको छ भने तीन खेलबाट श्रीलंकाको पनि समान १ अंक छ। नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ। विश्वकपको समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिका तीन खेलमा ६ अंकका साथ सुपर आठमा प्रवेश गरिसकेको छ। बंगलादेश र नेदरल्यान्ड्सको समान दुई खेलबाट समान २–२ अंक छ।
नेपालले अब वेस्टइन्डिजमा जेठ ३२ मा दक्षिण अफ्रिकासँग खेल्नेछ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL